खेलकुद

ए डिभिजन लिग विदेशी शैलिमा खेलाइने, कसरि खेलाइन्छ त खेल (हेर्नुहाेस भिडियाे)

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्षको शहीद स्मारक ए डिभिजन लिग ‘विक एण्ड’ अर्थात शनिबार र आइतबार मात्र खेलाउने भएको छ ।

यस अघिका लिगहरु प्रत्येक दिन खेलाउने गरेको एन्फाले नेपालमा फुटबल संस्कृतिलाई विकास गर्ने भन्दै यस पटक हरेक हप्तको शनिवार र आईतबारका दिनमात्र लिगका खेलहरु खेलाउने बताएको छ।

त्यसतै एन्फाले लिगकाे टिकटकाे दर पनि ताेकेकाे छ। भिअाइपि तर्फ ५०० र सामन्य तर्फ १०० रुपैया मुल्य राखेकाे छ।

मंसिर ३ गतेबाट उद्धघाटन हुने यस लिगकाे पहिलाे खेलमा नबअागन्तुक कल्ब साद्धाेबाटाे र फ्रेण्डस क्लब अामनेसामने हुनेछन्। यसअघि अागामि सातामा हुने भनिएकाे यस लिग नेपालमा विक एण्ड सिस्टमकाे बिकास गर्नकाे लागि एक हप्ता पछाडि धकलिएकाे भनेर एन्फाका महासचिब इन्द्रमान तुलाधारले पत्रकार सम्मेलनमा भन्नुभएकाे थियाे।

हामिले नेपालमा फुटबल कल्चर बिकास गर्नकाे निमित्त विक एण्ड सिस्टममा खेल खेलाउने र खेल प्राय फ्लड नाइटमा खेलाउने भएका छाै भनेर तुलाधारले भने। एन्फा यसपालिकाे लिग खेलहरु दशरथ रंगशाला, एन्फा कम्पेल्कस र च्यासल फुटबल मैदानमा खेलाउने भएकाे छ। त्यसबाहेक लिगका केहि खेलहरु पाेखरा अन्तराष्ट्रिय रंगशालामा पनि खेलाउन एन्फा प्रयासरत रहेकाे लिगका निर्देशक सन्जिब मिस्रले बताउनु भयाे।

You may also like