ताजा समाचार

पछिल्लो २४ घण्टामा थप ३७७ जनालाई कोरोना भाइरस संक्रमण

पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज ६ हजार ५ सय ५ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जना र २ हजार ६ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने १७० जना निको भएका थिए।

यो सँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ भने ७ लाख ९८ हजार ७१४ जना संक्रमणमुक्त भएका छन् । फेरी पनि कोरोना संक्रमण बढ्दा सबैजनालाई टाउको दुखा ईको विषय भनेको छ

You may also like