खेलकुद

ब्राजिल र अर्जेन्टिना भि’ ड्दै। मेस्सी तयार, नेइमारको खुट्टामा समस्या। अंक तालिका हेर्नुहोस

विश्वकप छनौट साउथ अमेरिका अन्तर्गत चर्चित प्रतिद्वन्दी ब्राजिल र अर्जेन्टिना भिड्दै छन् । खेल नेपाली समय अनुसार भोलि बिहान ५:१५ बाट सुरु हुनेछ।

घुडामा समस्या देखिएर पिएसजी को अन्तिम दुई खेल गुमाएका अर्जेन्टाइन मेस्सी भोलीको लागि तयार देखिएका छन् तर ब्राजिलियन स्ट्राइकर नेमारले भोलिको खेल गुमाउने भएका छन् । उनको देब्रे खुट्टाको तिघ्रामा समस्या देखिएकाले आराम गर्न भनिएको छ।
अंक तालिका हेर्ने हो भने पहिलो स्थानमा रहेको ब्राजिल विश्वकपको लागि छनौट भइसकेको छ। ब्राजिल भन्दा ६ अंक पछाडि रहेको अर्जेन्टिना दोश्रो स्थानमा रहेको छ। चार शीर्ष टोलि कतारमा हुने २०२२ विश्वकपको खेल्न पाउने छन् ।

साभार: अल फुटबल एप

अर्जेन्टिनाको लगातार २६ खेलको अपराजित यात्रा ब्राजिलले भोलि बिहान उसकै मैदानमा तोड्ला त?

You may also like