खेलकुद

अर्जेन्टिना र ब्राजिलकाे खेल गाेलरहित बराबरि,चलेन मेस्सिकाे जादु!

विश्वकप छनौट साउथ अमेरिका अन्तर्गत चर्चित प्रतिद्वन्दी ब्राजिल र अर्जेन्टिनाकाे खेल गाेलरहित बराबरिमा सकिएकाे छ। उक्त खेल नेपाली समय अनुसार भोलि बिहान ५:१५ बाट सुरु भएकाे थियाे।

खेलकाे पहिलाे हाफमा अर्जेन्टिनाले अाफ्नाे पक्षमा धेरै बल पकड राखे पनि गाेल भने गर्न सकेन। अर्जेन्टिनाले पहिलाे हाफमा ५७ प्रतिशत बल पाेसेसन राख्दै जम्मा ३ प्रहार गरेकाे थियाे तर कुनै प्रहारले पनि जालि भने चुम्न सकेन।उता ब्राजिलले ४३ प्रतिशत बल पाेसेसन राख्दै ४वटा प्रहार गरकाे थियाे। पहिलाे हापकाे खेल सकिएसँगै दास्राे हाफमा भने खेलले गति लिएकाे थियाे।

दाेस्राे हाफमा पनि खेल अाफ्नाे नियन्त्रणमा राखेकाे अर्जेन्टिनाले खेलमा साेचेजस्ताे नतिजा ल्याउन सकेन। ब्राजिलकाे लागि फ्रेडले गरेकाे भल्लि सट टपबारमा लागेर फर्कियाे। खेलकाे अन्तिम समयमा मेस्सिले गरेकाे प्रहार एलिसनले उत्कृष्ट बचाउ गरेका थिए।
पुरा खेल सकिदा अर्जेन्टिनाले ५६ प्रतिशत बल पाेसेसन राख्न सफल भएकाे थियाे भने ब्रालिले ४४ प्रतिशत बल पाेसेसन राखेकाे थियाे।

हाल अंक तालिकामा अर्जेन्टिना १३ खेलबाट २९ अंक सहित दाेस्राे स्थान कायम राख्न सफल भएकाे छ भने ब्राजिल १३ खेलबाट ३५ अंक सहित शिर्ष स्थानमा छ।

You may also like