खेलकुद

युरोकप बिजेता इटालि पनि प्लेअफमा। हेर्नुहोस् कुन देश विश्वकप खेल्न छनौट भए, कुन देश प्लेअफमा गए।

युरोपको विश्वकप छनौट अन्तर्गत समूह चरणका खेलहरु सकिएका छन् । समूह चरणका खेलहरु सकिएसगैँ विश्वकपमा स्थान बनाउने र प्लेअफ खेल्नु पर्ने देशहरु टुंगो लागेका छन् । कुल दशवटा समुहबाट शीर्ष स्थानमा रहदै दश देशले विश्वकपको स्थान पक्का बनाए भने दोश्रो स्थानका दश देश सहित नेसन्स लिगबाट आएका दुई टिम गरि १२ देश प्लेअफ खेल्नु पर्ने भएको छ।

छनौट भएका १० देशहरु:
बेल्जियम, क्रोएसिया, डेनमार्क, इङ्लेन्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड, सर्बिया, स्पेन र स्विट्जरल्याण्ड

प्लेअफ खेल्ने १२ देशहरु:
इटाली, नर्थ म्याकेडोनिया, पोल्यान्ड, पोचुगल, रसीया, स्कटल्याण्ड, स्विडेन, टर्की, युक्रेन, अस्ट्रिया र चेक रिपब्लिक। अस्ट्रिया र चेक रिपब्लिक नेसन्स लिग बाट आएका हुन् ।

पोर्चुगलसंगै युरोकप बिजेता इटाली पनि प्लेअफमा आएपछि झन् रोमान्चक हुने जस्तो देखिएको छ। यदि यी दुबै टिम एकै समुहमा परेमा एउटा टिम विश्वकप खेल्न पनि नपाउने छ। प्लेअफको ड्र यहि महिनाको २६ तारिकमा हुनेछ।

You may also like