खेलकुद

इटलिमा खेलिसकेका बिकासले पेनाल्टि मिस गरेपछि आफ्नाे धारणा राखेका छन्।

काठमाडाैंमा जारि सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत हिजाे भएकाे खेलमा थ्रि स्टारले च्यासल युथ कल्बलाइ ३-० काे फराकिलाे अन्तरले पराजित गरेकाे छ । दशरथ रंगशनलामा भएमाे उक्त खेलमा थ्रि स्टारले निकै नै राम्राे खेल पस्केकाे थियाे।

थ्रि स्टारले पहिलाे हापमा दुइ गाेल गर्दै खेल अाफ्नाे पक्षमा लिएकाे थियाे। खेलकाे २२ अाैं मिनेटमा निसानले फ्रिकिकबाट गाेल गर्दै टिमलाइ अग्रता दिलाएका थिए। करिब ३० यार्ड टाढाबाट निसानले वल्डक्लास फ्रिकिक प्रहार गरेका थिए।

पहिलाे हाफकाे २६ अाैं मिनेटमा च्यासलले पेनाल्टि पाए पनि सदुपयाेग गर्न नसकेपछि उ खेल अवधि भरि नै गाेल गर्नबाट वञ्चित भयाे। थ्रि स्टारका डिफेन्डर अन्नत तामाङ्गले बिसाकलाइ फउल गरेपछि च्यालले पेनाल्टिकाे अवसर सिर्जना गरेकाे थियाे तर नेपाली मूलका इटलियन खेलाडि बिकासले उक्त पेनाल्टिलाइ जालि चुमाउन सकेनन्।
पहिलाे हाफकाे ४४ अाैं मिनेटमा थ्रि स्टारले अर्काे गाेल थप्दै अग्रता दाेब्बर बनाएकाे थियाे।खेलकाे ५८ अाैं मिनेटमा अन्नतले गाेल गर्दै थ्रि स्टारकाे जित सुनिश्चित गरेका थिए।

खेल सकिएसँगै बिकासले अाफ्नाे धारणा राखेका थिए।’मलाइ थाहा छैन म कहाबाट सुरु गराै र मैले यस समयमा के महसुस गरिरेहेकाे भनेर ब्यक्त गर्ने शब्द पनि छैन्। बिकासले समाजिक सञ्जाल फेसबुकमा लेख्दै म मेराे टिम मेम्बर, क्लब र समर्थकहरुसँग अाजकाे खेलकाे नितिजा प्रति क्षमा माग्न चाहान्छु। मैले भन्न सक्ने भनेकै अाइ एम सरि हाे।’

You may also like