खेलकुद

युनाइटेडबाट सोल्स्काजेर निष्कासन, यी मध्ये एक प्रशिक्षक आउन सक्ने।

म्यान्चेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गनर सोल्स्काजेर उनको जिम्मेवारिबाट बाहिरिएका छन् ।गएराती वाट्फोर्ड्सङ ४-१ को अन्तरले पराजित भए पछि उनको निष्कासनको हल्ला अझ चुलिएको थियो। तर त्यो वाटफोर्डसङको हारको मात्र परिणाम थिएन। ऊनी २०१८ मा युनाइटेडको प्रशिक्षक बनेर आए यता कुनै पनि महत्वपुर्ण उपाधी दिलाउन सकेका थिएनन् ।

गएरातिको खेल पश्चात् युनाइटेडको बोर्ड अफ डाइरेक्टरसले ओलेको बिषयमा छलफल गर्न आक्स्मिक बैठक डाकेको थियो। पाँच घण्टा लामो छ्लफल पछि ओले लाई निष्कासन गर्ने निर्णय समितिले गरेको थियो। ओले गनरले प्रशिक्षकको भुमिका छडेका छन भनेर आज दिउँसो क्लबले घोषणा गरेको थियो।

नयाँ प्रशिक्षक नियुक्ति नगरुन्जेल सम्मका लागि आउँदा केही खेलहरुमा माइकल क्यारिकले ओलेको भुमिका निभाउने छन् । नयाँ प्रशिक्षक को हुन्छ भन्ने कुराको निधो भाइसकेको छैन तर सुझावमा आएका नामहरु जिनादिन जिदान, ब्रान्डन रोजर्स र रोनाल्ड कोम्यान छन् । यी मध्ये एक युनाइटेडको नयाँ प्रशिक्षक हुने सम्भावना छ।

You may also like