ताजा समाचार

गएराती भएको घट नालाई लिएर सुन्दरहरैचा – ८ सलकपुरमा भयो चक्काजाम तथा आक्रान्त माहोल!

हिजो बिहानै बाट पुर्व पश्चिम राजमार्ग अन्तर्गत सलकपुरस्थित ससत्रप्रहरी बल गणको प्राङ्गणमा स्थानीयबासिन्दाले गएराती भएको
बलराम माझीको मृत्युलाई लिएर टाएर आगजनी तथा चक्काजाम गर्दा दिनभर पुर्व पश्चिम राजमार्ग
अवरोध भएको थियो।

एकदिन अघि मात्रै ससत्र प्रहरी क्याम्पको अगाडी सवारी दुर्घटनामा परि बलराम माझीको मृत्यु भएको र उक्त घटनाबारे प्रहरी बेखबर बन्दा , जनताको सुरक्षाको प्रत्याभूति माथी
खेलबाड भएको र दुर्घटना गर्ने सवारी प्रहरीको अगाडीबाट फरार भएको हुनाले तमाम सलकपुरबासी आक्रान्त बन्दा माहोल सान्त पार्न प्रहरीलाई निकै हम्मेहम्मे परेको थियोे ।

उक्त विषयलाई लिएर दिनभर सवारी जाम हुदा आम सर्वसाधारणलाई आवतजावतगर्न
निकै कष्ट भएको जनाएका छ्न ।

You may also like