खेलकुद

च्याम्पियन्स लिगमा बार्सिलोना र बेन्फिका आमनेसामने हुदैँ

युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज हुने पाँचौ चरणको खेलमा बार्सिलोना र बेन्फिका आमनेसामने हुन गइरहेका छन्। उक्त खेल आज राति १:४५ बाट सुचारु हुनेछ।

बार्सिलोनाको घरेलु मैदानमा हुने यस खेलमा बेन्फिका पाउना टोली भएर आउनेछ। यस सिजनको च्याम्पियन्स लिगकाे सुरुका दुई खेलमा हार बेहोरेको बार्सिलोनाले अरु दुई खेलमा भने शत प्रतिशत जित निकालेको थियो।

बार्सिलोनाको लेजेन्ड खेलाडि जाभीकाे प्रशिक्षणमा हुने च्याम्पियन्स लिगकाे यस पहिलो खेलमा बार्सिलोनाले सुखद सुरुवात निकाल्न चाहन्छ। आफ्नो घरेलु मैदान माथि शत प्रतिशत जित निकाल्न सके अन्तिम खेलअघि नै अन्तिम १६ मा प्रवेश गर्नेछ। यदि आजको खेलमा हार निकाल्याे भने अन्तिम खेलको नतिजा हेरेर यूरोपा लिगमा पनि प्रवेश गर्नसक्छ।

हाल अङ्क तालिकामा भने बार्सिलोना चार खेलबाट छ अंकसहित दोस्रो स्थानमा छ। यता बेन्फिका ४ खेलबाट सम्मान ४ अंक सहित तेस्राे स्थानमा छ।

You may also like