खेलकुद

बेन्जेमा ब्ल्याकमेलिङमा संलग्न रहेको ठहर, अदालतको सजाय के छ पढ्नुहोस।

रियल मड्रीड तथा फ्रान्सका रास्ट्र खेलाडी करिम बेन्जेमा ब्लाकमेलिङ्गमा सामेल रहेको कुरामा बुधबार बिहान अदालतले दोषी ठहर्‍याएको छ। फान्स टिमकै पुर्व खेलाडी भलबुएनाको मोबाइलबाट सेक्स टेप चोरेको र पछि फिरौती रकम मागेको कुरामा बेन्जेमा सहित अन्य चार जनालाई दोषी देखाएको हो। बेन्जेमा अप्रत्यक्ष रुपमा सामेल रहेको तर अन्य चार जना प्रत्यक्ष रुपमा सामेल भएको अदालतले पुष्टि गरेको छ।

२०१५ मा रास्ट्र टिमको प्रशिक्षणको क्रमका रहेको बेला बेन्जेमा भल्बुएनाको कोठामा गएर तिनिहरुलाइ फिरौती रकम बुझाउन नत्र तिनिहरुले जे नि गर्न सक्छन भनेर फकाएको कुरा पता लागेको थियो। बुधबार बिहानै अदालतले बेन्जेमालाइ एक वर्षको लागि “सस्पेन्डेड प्रीजन” सजाय र ६०००० युरो जरिवाना तिर्नुपर्ने निर्णय सुनाएको हो। अन्य चार जानाले भने अठार महिना सन्पेन्डेड प्रीजन देखि अढाइ महिना जेलको सजाय भोग्नु पर्ने भएको छ।

बेन्जेमा भने उनले साथीलाइ उक्त विडियो बाट छुटकारा पाउन सहयोग मात्र गरेको बताउछन् । वरहाललाउ ऊनी जेल जानू पर्दैन तर फेरि यस्तै घटानामा सामेल भए जेल नि जान सक्छन् ।

You may also like