खेलकुद

युरोपियन क्वालिफायर्स प्लेअफको ड्र सम्पन्न, इटाली र पोर्चुगल मध्ये एउटा टिम विश्वकप नखेल्ने पक्का।

युरोपियन क्वालिफायर्स अन्तर्गत प्लेअफ ड्र हिजो राती फिफा हेडक्वार्टर स्विट्जरल्याण्डमा सम्पन्न भएको छ। १२ वटा देश खेल्ने प्लेअफमा ३ वटा समुहमा छ वटा सेमिफाइनल र ३ वटा फाइनल खेल खेलिने छ। जसबाट फाइनल जित्ने तीन देश विश्वकप २०२२ खेल्न छनौट हुन्छन ।

हिजो राती भएको ड्र मा इटाली र पोर्चुगल एउटै समुहमा परेका छन। एउटा समुहबाट एक मात्र टोलि विश्वकपका लागि छ्नौट हुने भएकाले यी मध्ये एक टोलि विश्वकप नखेल्ने पक्का छ। यदि दुबै टिमले आ-आफ्नो सेमिफाइनल खेल हारेमा दुबै टोलि नै छ्नौट हुने छैनन् ।

प्लेअफका खेलहरु २०२२ को मार्च २४ देखि २९ गते सम्म हुनेछ।

You may also like