खेलकुद

रंगशालाकाे अभाब, कार्यक्रमकाे कारणले लिगकाे खेलतालिका परिवर्तन

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मंसिर २० गतेका लागि तय दुई खेलको तालिका अखिल नेपाल फुटबल संघ (एन्फा) ले परिवर्तन गरेको छ । युथ एथ्लेटिक्स च्याम्पियनसिप–२०२१काे खेल हुने भएपछि एन्फाल लिगकाेे दुई खेलको तालिका परिवर्तन गरेको हो ।

बुधबार दिउसाे विज्ञप्ति जारी गर्दै एन्फाले मंसिर २० गते दशरथ रंगशालमा हुने भनिएकाे खेल अन्य कार्यक्रम भएकाले मैदान उपलब्ध नहुने हुँदा समय परिवर्तन गरेको जनाएको छ । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिसबिच दिउसाेमाे १ बजे हुने तथा साँझ पौने ५ बजे जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबिच  हुने भनिएकाे खेल स्थगित भएकाे हाे।

एन्फा महासचिव इन्द्रमान तुलाधरले भने,’अब दुवै खेल निर्धारित समय अनुसार नै दशरथ रंगशालामा २२ मंसिरमा आयोजना हुनेछ । रंगशालामा सोही दिन एथ्लेटिक्सको खेल हुने कार्यक्रम रहेको छ । त्यसै कारणले लिग तालिका परिवर्तन गरेका हौं,’।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा गर्न नमिल्ने भएकै कारण समेत लिग तालिका परिवर्तन गर्नु परेको भनेर उनेले थपे। एन्फाले मंगलबार तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक गरेको थियो ।

You may also like