ताजा समाचार देश

एमालेले चुनाव जिते लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गर्ने छाै: अोली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको १०औं महाधिवेशनको उदघाटनपछि सम्बोधन गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता लिइछाड्ने बताएका छन् । अधक्ष्य ओलीले छिमेकसँग एकअापसमा बसेर कुराकानीबाट समस्या समाधान गर्ने लक्ष्य रहेको भन्दै उक्त भूभाग फिर्ता लिइने भनेर कार्यक्रम मार्फत भनेका थिए।

छिमेकसँगको समस्या पारस्परिककुराकानी गरि लिम्पियाधुरा, लिपुलेक र कालापानी हामि जसरि भए पनि फिर्ता लिनेछौं ।ओलीले थपे ‘हामी चुनावको तयारीमा जानेछौं र बहुमत ल्याउनेछौं, एमालेका लागि नभएर देश र जनताका लागि बिकास गरेर देखाउने छाैँ। हिजाे पनि हामिले प्रयत्न गरेका हाैँ तर निकास भने दिन सकेका थिएनाै तर अबकाे चुनाबमा बहुमत ल्याएर हामि सबै अधुराे काम पुरा गर्ने छाै ।

ओलीले आफूहरु आवश्यकता अनुसार संविधान संशोधनको पक्षमा रहेको समेत स्पष्ट पारे र परेकाे खण्डमा पछि नहट्ने भनेर अभिब्यक्ति दिएका थिए।उनले भने,‘ आवश्यकता अनुसार जनताको चाहना अनुसार संविधानको आवश्यक संशोधन हुनसक्दछ ।
हामी त्यो मान्यतामा छौं ।

उनले अबको चुनावमा एकल बहुमत ल्याउने दाबी समेत गरे । अरु दलहरु यसअघि नै चुनाव देखि त्रसित भएको टिप्पणी गरे ।आफूले जनताको बीचमा जाऔं भन्दा पनि त्रसित भएको टिप्पणी गरे ।

देशमा हिंसा फैलाउने षड्यन्त्र भइरहेकाले आफूहरु सचेत भएको बताए ।उनले भने,‘जात–जात धर्म–धर्म भाषा–भाषाका रुपमा साम्प्रदायिक द्वेष फैलाएर हिंसा मच्चाउनेहरुको विपक्षमा छौं । सहअस्तित्व र सहकार्यको पक्षमा छौं ।’

You may also like