खेलकुद

एसियन कप छनोटकाे तयारि स्वरुप नेपालले दुई अरबी राष्ट्रहरुबीच मैत्रीपूर्ण खेल खेल्ने

केही महिना अगाडी मात्र नेपाललाई साफ च्याम्पियनसिप फाइनलसम्म पुराएका नेपाली प्रशिक्षक अल्मुताइरि नेपालमा प्रशिक्षकको रुपमा नियुक्ति भएपछि केही दिनका लागि मात्र नेपालमा बसोबास गरेका थिए। उनी नेपालमा जम्मा तीन दिन बसेर पारिवारिक समस्या देखाउँदै बेलायतको राजधानी लण्डन हुँदै कतार पुगेका थिए। प्रशिक्षक अल्मुताइरिले केही दिनअगाडि मात्र कतारि स्पाेर्टस च्यानल अल्काश मिडियासँग प्रस्तोताका रुपमा सहभागिता जनाएका थिए।

बिहीबार बेलुका इन्सटाग्राम लाइभ मार्फत आफ्ना समर्थकहरु सँग भलाकुसरि गर्नेक्रममा प्रशिक्षकले आफ्नो फुर्सदको समयलाई सदुपयोग गर्दै चलिरहेको अरबको अन्तर्वार्तामा सहभागी हुन अल्काश मिडियाको स्टुडियो सेटमा जाने गरेको बताए। प्रशिक्षक ले नेपालमा चलिरहेको ए डिभिजन लिग आफूले पटकपटक नियालिरहेको बताएका थिए।

अल्मुताइरि डिसेम्बर महिनामा नेपाल फर्किनेछन् भनेर भनेका थिए। नेपाल फर्किए पश्चात उनी बन्द प्रशिक्षणका लागि जनवरी १४ बाट २८जना खेलाडीलाई प्रशिक्षणमा बोलाउने छन्।

एएफसि एसियन कप छनौटको तेस्रो चरणलाई मध्यनजर गर्दै नेपालले जनवरीबाट प्रशिक्षण सुरु गर्नेछ। प्रशिक्षक अल्मुताइरिका अनुसार एसियन कप छनोटको तयारी स्वरूप सम्भवतः१ देखि २ अरबिक राष्ट्रहरुबीच मैत्रीपूर्ण खेल खेलाउने तयारीमा जुटेका छन्।

You may also like