खेलकुद

रोनाल्डो करियरभरी ८०० गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

आज बिहानको खेलमा म्यान्चेस्टर युनाइटेडका लागि २ गोल गरेपछी रोनाल्डोको कुल गोल संख्या ८०१ पुगेको छ। इङ्लिश प्रीमियर लिग अन्तर्गत आर्सनल विरुद्धको खेलमा रोनाल्डोले दुई गोल गर्दै आफ्नो टिमलाइ ३-२ को अग्रताले जित दिलाएका थिए। उक्त दुई गोल आफ्नो गोल खातामा थपिएसङै रोनाल्डो ८०० गोल पूरा गर्ने पहिलो व्यवसायिक खेलाडी बनेका छन् ।

साभार: अल फुटबलबाट

३६ वर्षिय रोनाल्डोले यो किर्तिमान विभिन्न पाँच क्लबबाट खेल्दै कायम गरेका हुन् । उनले आफ्नो व्यवसायिक फुटबल सुरु गरेको स्पोर्टिङ क्लब बाट ५ गोल, युनाइटेड बाट १२९ गोल, रियल मड्रीडबाट ४५०, युभेन्टसबाट १०१ र पोर्चुगलबाट ११५ गरि कुल ८०० गोल पुर्याएका छन्। खेलबाट सन्यास लिने उमेर भइसक्दा पनि शारिरिक स्फुर्ती र गोल गर्ने शैली हेर्दा अहिले सम्मकै सर्वोत्कृष्ट खेलाडी मानिने रोनाल्डो अझै यतिमै रोकिने वाला छैनन् भन्ने सजिलै अनुमान लगाउन सकिन्छ।

You may also like