खेलकुद

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणको खेल आजबाट सुचारु हुन गइरहेको छ। अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको उक्त खेल सबै दशरथ रंगशालामा हुनेछ।

तेस्रो चरणको खेल चार दिनसम्म लगतार हुनेछ । तीनदिनसम्म भने दिनमा दुईदुईवटा खेल हुनेछ भने एकदिन मात्र एउटा खेल हुनेछ। दिनमा दुई वटा खेल हुँदा पहिलो खेल दिउँसो १ बजेबाट शुरु हुने छ र दोस्रो खेल साझ ४:४५ बजेबाट शुरु हुने छ।

आज हुने पहिलो खेलमा फ्रेन्डस क्लब र थ्रीस्टार आमनेसामने हुन गरिरहेका छन्। उक्त खेल दिउँसो १ बजेबाट शुरु हुने छ। त्यसैगरी दोस्रो खेलमा भने नवआगन्तुक क्लव सातदोबाटो र एपीएफ आमने-सामने हुन गइरहेका छन् । दुई खेलमा दुई खेल्ने पराजित भएको एपीएफ अङ्क तालिकाको पुच्छरमा छ।

You may also like