खेलकुद

फिटनेस परिक्षणको बारे एन्फा र रेफ्रीबिच बन्यो सहमति ।


अखिल नेपाल फुटबल एसोसिएसन र रेफ्रीहरु बिच लिग दौरान फिटनेस परिक्षणको विसयलाई लिएर असमझदारी भएको थियो र उक्त विसय
गए राती मात्र टुंगो लागेको हो।

लिग  दौरानमा फिटनेस परिक्षण दिनु पर्ने हुदा १० रेफ्रीले एन्फा समक्ष राजिनामा पत्र बुझाएको थिए। लिग चलिरहेको समय फिटनेस परिक्षण त्यति व्यवहारिक नभएको र चोट लाग्ने समस्या हुने भन्दै रेफ्रीहरुले एन्फा समक्ष असन्तुष्टि ब्यक्तगर्दै राजिनामा बुझाएका थिए।

उक्त समस्यालाई सम्बोधन गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ सेर्पा र रेफ्रीहरुबिच विश्रामको समयमा फिटनेस परिक्षण गर्ने भन्ने सहमती
सङ्गै लिग सुचारु हुन लागेको हो ।

You may also like