खेलकुद

फ्रेन्डस र थ्रीस्टारकाे खेल एकएककाे बराबरिमा सकियाे

सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणको खेलमा फ्रेन्डस क्लब र थ्रीस्टारले १-१ काे बराबरि खेलेका छन्। दशरथ रंगशालामा भएकाे उक्त खेल अन्तिम समयतिर निकै नै राेमाञ्चक माेड लिएकाे थियाे ।

पहिलाे हाफमा दुवै टिमले गाेल गर्न सकेकाे थिएएन्। खेलकाे २० अाै मिनेटमा हेमन्त थापा मगरले गरेका उत्कृष्ट फ्रिकिक राहुल यादबले उतिक्कै उत्कृष्ट बचाउ गरेका थिए। खेलकाे २५ अाै सन्जाेम राइले गरेकाे प्रहार गाेलपाेष्टकाे थाेरै टाठाबाट बाहिरेकाे थियाे।

दाेस्राे हाफकाे ५१ अाै मिनेटमा प्रकाश बुढाथाेकिकाे असिस्टमा गार्सियाले गाेल गर्दै फ्रेन्डसलाइ अग्रता दिलाए थिए। खेलमा हाबि भएकाे थ्रीस्टारले खेलकाे अन्तिम समययतिर मिक्चेनकाे गाेलमा बराबरिमा फर्किकाे थियाे।

You may also like