ताजा समाचार

पूर्वराजा देखि रेखा थापाको रोजाई राजेन्द्र लिङ्देन, आखिर किन?? यस्तो छ कारण

अरु पार्टीको अधिवेशन जस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले एकतापछिको पहिलो महाधिवेशन सुरु गरेको छ । यो महाधिवेशनले अबको चार बर्षका लागि नेतृत्व चयन गर्नेछ । नेतृत्त्व चयनको लागि कमल थापा र नेता राजेन्द्र लिङदेन चुनावी मैदानमा होमिएका छन् ।

अबको 2 दिन पछि राप्रपाले आगामी नेतृत्व तय गर्नेछ र दौडमा छन् कमल थापा र राजेन्द्र लिङदेन । कमल थापा अहिले पार्टीका वर्तमान अध्यक्ष हुन् भने राजेन्द्र लिङ्देन केन्द्रीय सदस्य रहेका छन् । उनले विगत 15 वर्षदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा नेतृत्व नेतृत्व गरी रहेका छन् र आगामी अधिवेशनमा पनि फेरि आफ्नो अध्यक्ष उम्मेदवारी दिने भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी का एकमात्र जननिर्वाचित प्रतिनिधि सभाका सदस्य हुन् राजेन्द्र लिङ्देन संसदमा एकमात्र सिट रहेको अवस्थामा उनी झापा बाट निर्वाचित भएका थिए।

लिङदेन भने राप्रपाको एकमात्र जननिर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । यूवाका युवाले धेरै नै विश्वास गरिएका एक असल नेता हुन् राजेन्द्र लिङ्देन ।उनी अध्यक्षमा उठिरहँदा देशको विकासका निमित्त अउठि गर्छन् भन्ने आम जनमानस मा आसा पलाएको छ। दुईको भिडन्तमा हालका अन्य दुई अध्यक्ष पशुपतिशम्सेर जबरा र प्रकाशचन्द्र लोहनी पछाडि हटेका छन् र लोहनीले लिङदेन नै अहिलेको उपयुक्त विकल्प भन्दै समर्थन गरेका छन् ।

नया पुस्तामा चर्चित छन् राजेन्द्र लिङ्देन, अझ चर्चित अभिनेत्री रेखा थापादेखि महामन्त्रीका उम्मेद्वार धवलशमसेर राणाको समर्थन समेत लिङदेनलाई छ ।राजसंस्था पुनःस्थापनाका पक्षमा लिङदेनको स्पष्ट धारणा प्रकट भएकाले पूर्वराजाको साथ पनि लिङदेनलाई रहने भन्नेमा कुरा चलेको छ। बुधबार उद्घाटन महाधिवेशनले अध्यक्षसहित 199 सदस्यीद पदाधिकारीको छनोट गर्नेछ ।

You may also like