खेलकुद

सहित स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणको दाेस्राे दिनमा अाज दुई खेल हुन गइरहेकाे छ। दशरथ रंगशालामा हुने अाजकाे पहिलाे खेल दिउसाे १ बजेबाट शुचारु हनेछ। दाेस्राे खेल सन्ध्याकालिन समय बेलुका ४:४५ बाट शुचारु हुनेछ।

अाजकाे पहिलाे खेल संकटा क्लब र मनाङ्गबिच हुनेछ।लिगकाे दाेस्राे स्थानमा रहेकाे मनाङ्ग शतप्रतिशत जित निकाल्ने लक्ष्यमा उत्रने छ भने संकटा पनि जित निकाल्दै अंकतालिमा बलियाे स्थान बानाउने दाउमा छ।

अहिलेसम्म एक खेल पनि नहारेको मनाङ्ग दुई खेलबाट छ अङ्क बटुलेर दोस्रो स्थानमा छ। शंकटा भने दुई खेल खेल्दै एक जित र एक बराबरी सहित पाचौं स्थानमा छ।

अाजकाे दाेस्राे खेल च्यासल युथ टिम र न्यु राेड बिच हुनेछ। साझा ४:४५ हुने यस खेलमा दुबै टिम जितको खोजीमा छन्। च्यासल दुई खेलमा एक जित र एक हार सहित अङ्क तालिकाको आठौँ स्थानमा छ। अङ्क तालिका को १२ औं स्थानमा रहेको न्युरोड टिम दुई खेलमा मात्र एक अङ्क जोड्न सफल भएको छ।

You may also like