खेलकुद

ए डिभिजन लिगमा टिमलाई जित निकाल्न हम्मेहम्मे, च्यासल पनि रोकियो बराबरीमा

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा च्यासल युथ क्लब र न्युरोड टिमले बराबरी खेलेका छन। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको उक्त खेलमा च्यासल ले आफ्नो अग्रताजोगाउन नसक्दा १-१को बराबरी खेल्न बाध्य भएको हो।

च्यासलका लागि रमेश बर्तौलाले पहिलो हापको ४३ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए। तर त्यो अग्रता पहिलो हातमा मात्र सिमित रह्यो। निकै नै रोमाञ्चक मोड लिएको दोस्रो हापकाे ७९ अाैं सबस्सिटिउका रुपमा भर्खरै मैदान प्रवेश गरेका दिपेश घलेले गोल गर्दै न्युरोडलाई बराबरीमा ल्याउन सफल भएको थिए।

च्यासलका गोलकर्ता रुमेस बर्तौला खेलका म्यान अफ द म्याच साबित भए। यस बराबरि सँगै ३ खेलबाट ४ अङ्क जोडेको च्यासल अङ्क तालिकाको आठौँ स्थानमा छ। न्युरोड टिम भने ३ खेलबाट २ अङ्क सहित ११ औं स्थानमा छ।

You may also like