खेलकुद

ए डिभिजन लिगको तेस्रो चरणको अन्तिम खेल आज,ब्रिगेड र अार्मि भिड्दै

सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणको तेस्राे तथा यस चरणकाे अन्तिम दिनमा अाज ब्रिगेड बाेइज क्लब र त्रिभुबन अार्मि क्लब अामनेसामने हुनगइरहेका छन्। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने अाजकाे यस खेल साझ ४:४५ बजेबाट शुचारु हनेछ।

त्रिभुवन आर्मी क्लबले यसअघि मच्छिन्द्र क्लब सँग गोलरहित बराबरी खेलेको थियो।ब्रिगेड ले पनि न्युरोड सँग गोलरहित बराबरी खेल्न बाध्य भएको थियो। आज आमनेसामने हुन गरिरहेका यी दुवै टिम जितका लागि खेल्न चाहन्छन्। त्रिभुवन आर्मी क्लबले जित निकाल्न सके अङ्क तालिकाको चौथो स्थानमा उक्लने छ।यता ब्रिगेडले जित हासिल गरेमा अङ्क तालिकाको दोस्रो कि शीर्ष स्थानमा उक्लिनेछ।

हाल अङ्क तालिकामा २ खेलबाट ५ अङ्क बटुल्दै ब्रिगेड बाेइज क्लब पाँचौं स्थानमा छ। दुई खेलबाट दुई अङ्क जोडेको आर्मी क्लब ९ अाैं स्थानमा छ।

You may also like