खेलकुद

बंगलादेशमा सम्पन्न हुने साफ च्याम्पियनसिपकाे लागि नेपाली टोली घोषणा,ककसले माैका पाए

बंगलादेशमा सम्पन्न हुने साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलकाे लागि नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टोली घोषणा गरेकाे छ । नेपालमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले हिजाे अाउने डिसेम्बर ११ देखि २१ सम्म बंगलादेशमा हुने साफ यू–१९ च्याम्पियनसिपमा सहभागि हुने नेपालको टोली घोषणा गरेको हाे।मुख्य प्रशिक्षकका रुपमा रहेका हरिओम श्रेष्ठले २३ सदस्यीय अन्तिम टोली छनौट गरेका हुन् ।

केहि साता अगाडि मात्र एन्फाले बन्द प्रशिक्षणको पहिलो चरणमा ४० खेलाडीलाई बोलाएकाे थियो । प्रतियोगिताका लागि तालिम स्वरुप नेपाली टोलीले मुख्य प्रशिक्षक श्रेष्ठको नेतृत्वमा मंसिर ६ गतेदेखी प्रशिक्षण गर्दै आएको छ ।
नेपाल फुटबल संघ (एन्फा)ले घाेषणा गरेकाे नामावलि यस प्रकार छन्।

अन्तिम टोलीः अञ्जना राना मगर (गोलकिपर), सावित्री किसन (गोलकिपर), अंकिता राई (गोलकिपर), सलोनी राना मगर, सबिना चौधरी, मञ्जुकुमारी खड्का, हिमा रावत, प्रतिक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, बिमला बिक, रश्मी कुमारी घिसिङ, सदिपा भोलान, चन्द्र भण्डारी, खुस्मा राई, दीपा शाही, कुसुम खतिवडा, सविता राना मगर, सरस्वती हमाल, प्रीति राई, अमिषा कार्की, मेनुका कुमारी आले मगर

You may also like