खेलकुद

भरत नायक साबित बनिदिदा आर्मिलाई महत्त्वपूर्ण तीन अन्क प्राप्त

आसन्न सहिद स्मारक ए डिभिजन
लिग अन्तर्गत हिजो भएको खेलमा त्रिभुवन आर्मिले ब्रिगेड ब्वाइज माथी १-० को साघुरो जित
दर्ता गराउन सफल भएको छ ।

त्रिपुरेस्वर स्थित दसरथ रंगशालामा गएराती भएको खेलमा आर्मीको जीतमा कप्तान भरत खवासको गोल निर्णायक बन्न सफल बन्न पुगेको थियो।

आर्मीको तुलनामा ब्रिगेड ब्वाइजले
पहिलो हाफमा केही गोलका मौका सृजना गरेता पनि गोल गर्न सकेन । अन्ततः ८५ औ मिनेटमा भरतको गोल मार्फत आर्मीले खेल जित्न सफल भयो र यसैगरी आर्मीले आफ्नो अन्क तालिकामा तीन अन्क थप्न सफल बन्यो ।

यसैगरी तीन खेल मार्फत आर्मीले ५ अन्क जोडन सफल बनेको छ ।
हिजोको खेलमा भरत खवास म्यान अफ द म्याच बन्न सफल भए ।

You may also like