पढ्नुहोस

अभिनेत्री जेकलिन फर्नान्डेज “मनि लन्ड्रीङ” केसमा एयरपोर्टबाट प’ क्राउ। पूरा समाचार पढ्नुहोस

बलिउडकी चर्चित अभिनेत्री जेकलिन फर्नान्डेज प्रस्तुतिका लागि दुबइ जाँदै गर्दा मुम्बईको अन्तरास्ट्रिय बिमान्स्थलबाट आइतबार पक्राउ परेकी छिन् । उनलाइ इन्डिया छोड्नबाट अहिलेलाइ रोक लगाइएको छ। इन्फोर्स्मेन्ट डाइरेक्टोरेट ले उनको बिरुद्ध लूक आउट सर्कल जारी गरेपछी बिमान्स्थलका कर्मचारी हरुले उनलाइ दुबई जान बाट रोकेका थिए।

ऊनलाइ सुकेश चन्द्रसेखरको केशमा सम्लग्न रहेको आरोपमा पक्राउ गरिएको हो। सुकेशले जेलमा हुँदा एकजना व्यापारिकी श्रीमतीसङ फिरौती मागेको र २०० करोड भारतिया रुपैयाँ को मनि लन्ड्रीङ केश यसअघी नै फाइल भएको थियो। सुकेश र जेकलिन बिच कारोबार भएको कुरा पत्ता लागेकाले उनी पनि यो केशमा सामेल भएको हुन सक्ने शंकाले ऊनी माथी अनुसन्धान गर्न लागिएको हो।

उनलाइ सुकेशले ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने पर्सियन बिरालो सहित अन्य गरेर १० करोड उपहार दिएको आरोप पनि लागेको छ। पक्राउ पछि बिमानस्थलमै उनलाइ सोधपुछ गरिएको थियो। थप सोधपुछका लागि उनलाइ दिल्ली बोलाइएको छ। नोरा फतेहीलाइ पनि सोही केशमा सोधपुछ गरिएको छ।

You may also like