ताजा समाचार देश

फेरि सभापति भए देश बिकास गर्न पछि हट्दिन:देउवा

कांग्रेस सभापति तथा हाल देशका प्रधानमन्त्रि शेरबहादुर देउवाले फेरि सभापतिमा चुनिए आफूले अझ राम्रो काम गर्ने बताएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा अाज दिउसाे सञ्चारकर्मीहरूसँगको कुराकानीमा देउवाले पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न चाहेको बताएका हुन् ।

सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले आफू सभापति बन्ने यो मौका अन्तिम पटक भएको पनि बताए । उनले भने, मैले अाजसम्म देश र जनताकाे हकहितकाे लागि काम गर्दै अाएकाे छु र फेरि सभापति भएमा यस कामलाइ निरन्तरता दिनेछु। थप उनले ‘म पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न चाहेको छु पनि भनेका थिए।

“यो अन्तिम पटक हो। म प्रधानमन्त्री पनि छु। यो मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्री भएको हुँ। मैले फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु। त्यसैले मैले पार्टीका साथीहरूलाई पनि आग्रह गरेको छु। तपाईंहरूमार्फत सबैलाई आग्रह गर्न चाहन्छु। एकपटक मलाई सहयोग गरिदिनुस् भन्दै उनले सञ्चारकर्मीहरूसँगको कुराकानीमा भनेका थिए।

त्यस्तै देउवाले धेरै मान्छे उतारेर महाधिवेशन नगर्ने बताएका छन् । कांग्रेस उदार र जिम्मेवार पार्टी भएकाले कसैलाई दु:ख नदिने उनले बताएका छन् । उनले अहिले कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमणको जोखिम रहेकाले महाधिवेशनमा कांग्रेस महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा नभएको बताए ।

You may also like