ताजा समाचार

नेपालमा पनि कोरोनाको नयाँ भेरिन्ट “ओमिक्रोन” को पहिलो संक्रमण पुष्टि ।

२४ नोभेम्बर २०२१ मा पहिलो पटक दक्षिण अफ्रिकाबाट पुष्टि भएको “ओमिक्रोन” भाइरस नेपालमा पनि पहिलो केस देखिएको छ। नेपाल सरकार स्वस्थ तथा जनसंख्या मन्त्रालयले आजनै प्रेस विज्ञप्ति जारी गर्दै यो कुराको जानकारी दिएको छ।


मन्त्रालयका अनुसार एक ६६ वर्षीय विदेशी नागरिक र उनको नजिकको सम्पर्कमा आएका एक ७१ वर्षका व्यक्ति गरि दुई जनामा भाइरस देखिएको छ। ऊनीहरु अहिले नेपाल सरकारले तोकेको स्वस्थका मापदण्ड अनुसार आइसोलेसनमा रहेका छन् । उनीहरुको सम्पर्कमा आएका अन्य ६६ जनाको रिपोर्ट भने नेगेटिभ आएको र सबै स्वस्थ रहेको पाइएको छ।

कोरोना भाइरसको यो नयाँ भेरिएन्ट हालसम्म ३५ ओटा देशमा फैलिसको र ५७४ जनामा संक्रमण देखिसके पनि कसैको ज्यान भने गएको छैन।

You may also like