ताजा समाचार

भुपेन्द्र बडुवाल ह’त्या केसमा प्रहरिले १२ जनालाई प’क्राउ गरेको छ, ९ जना फरार

कैलालीका भुपेन्द्र बडुवालको हत्याको आरोपमा प्रहरिले १२ जनालाइ पक्राउ गरि सार्वजनिक गरेको छ। जिल्ला प्रहरि कार्यालय कैलालीका प्रमुख विश्व अधिकारीका अनुसार पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-३ का महेश रावल, दिपेन्द्र शाही, आर्यन देवकोटा, मदन शाही, लम्किचुहा-१ का कपिल श्रेष्ठ, निशान्त मल्ल रहेका छन् । त्यसैगरी लम्किचुहा-५ का विकाश खड्का, टिकापुर-१ का प्रविन रिमाल, रोहित आले, शोहन शाह, बद्रागोरिया गाउँपालिका-२ का लोकेन्द्र कुवर र ठाकुरबाबा नगरपालिका-३ बर्दियाका सबिन जङ्ग शाही रहेका छन् ।

पक्राउ पर्ने सबै २० देखि ३० वर्ष बिच उमेर समुहका रहेका छन् । २१ जना आरोपित मध्य १२ जनालाई प्रहरिले पक्राउ गरेको छ भने ९ जना अझै फरार छन् । बडुवाललाइ यहि कात्तिक २३ गते टिकापुरमा दुई पक्षीय झगडा हुँदा खुकुरी प्रहार गरि हत्या गरिएको थियो।

You may also like