खेलकुद

महिला साफ च्याम्पियनसिप फुटबलकाे लागि नेपाली टोली आज बङ्गलादेश प्रस्तान गर्दै

बंगलादेशमा सम्पन्न हुने साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलकाे लागि नेपाली टोली आज दिउँसो बङ्गलादेश प्रस्तान हुँदैछ।डिसेम्बर ११ देखि २१ सम्म कुनै प्रतियोगितामा नेपालसहित अरु चार राष्ट्रले सहभागिता जनाएका छन्।

डिसेम्बर २१ बाट शुरु हुने यस प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा आयोजक राष्ट बङ्गलादेशसँग खेल्नेछ।वंगलादेशको घरेलु मैदानमा हुने यस खेलमा नेपाललाई जित हासिल गर्न त्यति सजिलो भने हुनेछैन ।
तर हिजो पत्रकार सम्मेलनमा कुरा गर्दै नेपालका प्रशिक्षक हरिओम श्रेष्ठ र कप्तान अन्जना रानामगरले हामी यस प्रतियोगिता जित्न को लागि खेल्ने छु भनेर ठोकुवा गरेका थिए।

त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल श्रीलंका विरुद्ध डिसेम्बर १५ मा खेल्नेछ। नेपालले आफ्नो तेस्रो खेल भुटानबिरुद्ध १७ तारिखमा खेल्ने छ। यसैगरी नेपालले आफ्नो चौथो खेल छिमेकी राष्ट्र भारतविरुद्ध डिसेम्बर १९ मा खेल्नेछ।

राउन्ड रोबिनकाे खेल पश्चात शीर्ष दुई स्थानमा रहेका टोलीफाइनलमा प्रवेश गर्नेछन्।फाइनल खेल भने डिसेम्बर २२ मा हुनेछ ।

You may also like