ताजा समाचार

लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना अब स्याटलाइटबाट गर्ने तयारी

केन्द्रीय तथ्याङ्क विभागले यस २०७८ सालको राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेख, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या समेट्ने तयारी अघि बढाएको छ ।

कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय जनगणनाका क्रममा गणक उक्त क्षेत्रमा पुग्नलाई गारो भएको हुँदा अर्को उपाय अपनाएर जनगणना गर्ने विभागले बताएको छ। जहां स्याटलाइटको माध्यमबाट उक्त क्षेत्रको घर गणना गर्ने र प्रतिघरमा औसत रूपमा बस्ने व्यक्तिको सङ्ख्या निकाल्ने विभागका उपमहानिर्देश डा. हेमराज रेग्मीले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा पुगेर विवरण सङ्कलन गर्न नसके पनि वैकल्पिक विधिबाट जनगणना गर्न लागिएको हो भने जानकारी दिए।

विभागका अनुसार उक्त क्षेत्रको कुटी, नाभी र गुञ्जी क्षेत्रमा मात्रै मानिसको बसोवास गर्दै आएका छन् । करिब ३०० घरधुरी रहेको उक्त क्षेत्रमा ७/८ सय जनसङ्ख्या रहेको अनुमान छ ।

You may also like