खेलकुद

महिला साफ च्याम्पियनसिप शनिबारबाट सुरु। नेपालको खेलतालिका हेर्नुहोस् ।

यु-१९ महिला साफ च्याम्पियनसिपको दोश्रो संस्करण मङ्सिर २५ गते देखि बङ्गलादेशको ढाकामा हुँदै छ। उक्त टुर्नामेन्टमा नेपाल सहित पाँच रास्ट्र्हरु सहभागी जनाउने छन् । नेपाल बाहेक भारत, भुटान, बङ्गलादेश र श्रीलंका को सहभागिता हुने छ भने पाकिस्तान र माल्दिव्सले सहभागिता जनाउने छैनन्। पाकिस्तान लाई फिफाले निलम्बन गरेको छ र माल्दिव्सले सहभागिता फिर्ता लिएको थियो। नेपाली चेलिहरु ढाका प्रस्थान गरिसकेका छन् ।

नेपालको खेलतालिका:
पहिलो खेल- मङ्सिर २५, बङ्गलादेश बिरुद्ध
दोश्रो खेल- मङ्सिर २९, श्रीलंका बिरुद्ध
तेस्रो खेल- पौष २, भुटान बिरुद्ध
चौथो खेल- पौष ४, भारत बिरुद्ध

समुहको सिर्ष दुई टोलि फाइनल प्रबेश गर्ने छन् ।

You may also like