ताजा समाचार

पारा येस्तै हो भने देउवा, प्रचण्ड र नेपालको एक एक पोल खोल्दिन्छु: प्रधानन्यायाधीश चोलेन्द्र

विगत केही समयदेखि विवादमा पर्दै आएको नाम रहेको छ प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जवारा । उहाले गठबन्धनका शीर्ष नेताहरुको एक एक पोल खोलिदिने चेतावनी दिएका छन् ।

उनले प्रधानमन्त्री देउवालाई भेटी सतारुढ गठबन्धनबाट मेरो बारे अफवाह फैलाउने काम भइरहेको भन्दै कडा आक्रोश पोखेका छन्। बारसम्बद पदाधिकारीहरुसँग सर्वोच्च अदालतमा भेटी सोमबार विहान ११ बजे बोलाएको बैठकमा सर्बोच्च अदालतका १४ जना सहकर्मी न्यायाधीस उपस्थिति भएको बेला आक्रोशित भएका प्रधानन्यायाधीश राणाले साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार निवासमा भेटेका गरेका थिए।

थोरै समय भेटेका राणाले सत्तारुढ गठबन्धनले आफ्नाविरुद्ध परिस्थिति भड्काएको र असहज परिस्थिति ल्याएर न्यायपालिकालाई थप विवादमा पारेको भन्दै आफूले राजीनामा दिएर पद नछाड्ने प्रष्ट धारणा प्रधानमन्त्री देउवासमक्ष राखेका थिए।

उनी थप्छन्, यदि सत्तारुढ गठबन्धन आफ्ना विरुद्ध यसरी नै लाग्ने र परिस्थितिलाई उत्तेजित बनाउँदै लगेमा आफूले पनि पत्रकार सम्मेलन नै गरेर हालसम्म भएका सबै कुराहरु खुल्ला खुलस्त सार्वजानिक गरिदिने चेतावनी पनि दिएका छन्।

You may also like