खेलकुद

ए डिभिजन लिगमा आज दुई खेल हुँदै। मनाङ र च्यासलको खेल आजै।

ए डिभिजन लिगको चौथो राउन्डको दोश्रो दिन आज शुक्रबार दुई खेल हुँदैछ। पहिलो खेल मनाङ मर्स्याङ्दी क्लब पोखरा र फ्रेन्ड्स क्लब कुपोन्डोल बिच नेपाली समय अनुसार दिनको १:०० बाट हुनेछ। त्यसैगरी दोश्रो खेल च्यासल युथ क्लब र त्रिभुवन आर्मी क्लब बीच नेपाली समय अनुसार बिलुका ४:४५ बाट सुरु हुनेछ। दुबै खेलहरु काठमाडौ स्थित दसरथ रंगशालामा नै खेलाइने छन् ।

तेश्रो राउन्ड सकिदा सम्म मनाङ अन्क तालिकाको तेश्रो स्थानमा छ भने फ्रेन्ड्स क्लब दशौ स्थानमा छ। त्यसैगरी आर्मी छैठौं स्थानमा रहेको छ भने च्यासल नवौं स्थानमा रहेको छ। पहिलो पटक ए डिभिजनमा सहभागी जनाएको सातदोबाटो ७ अन्क सहित शिर्ष स्थानमा रहेको छ।

You may also like