जीवन शैली

बालिकाको जिब्रो सुन्निएर मुख बाहिर निस्किएपछि : क ठै बरा

खोटाङ ऐसेलुखर्क गाउँपालिका-३ दिम्मापातेलकी १६ वर्षीया सुस्मा तिवारीकाे जिब्राे सुन्निएर मुख बाहिर निस्किएको छ ।

जिब्रो सुन्निएर सुन्निएर अस्वभाविक आकार लिएपछि उनलाई खाना कहना साथै बोल्नभपनी निनैनै गारो भइरहेको उनका बाबु दिनेश तिवारी बताउँछन्।

जिब्राेमा देखिएका ससाना बिबिरा बढ्दै जाँदा उनको जिव्रो मुखभरीको भएको परिवारले बताउँछन्। उनी स्थानीय त्रिभुवन माध्यमिक विद्यालय कक्षा ९ मा पढ्छिन्।

सानैछँदा उपचार गर्न सोलु र काठमाडाैं पुर्‍याइए पनि कुन रोग हो भनी पत्ता नलागेको उनका बुबा बताउँछन्। उनी त्यो घाउ लुकाउन रुमालले ढाक्ने गरेकी छन् । बाहिर निस्केको जिव्रोबाट निरन्तर र्‍याल झर्छ । सुतेको ठाउँमा र्‍यालले सिरानी भिज्ने गरेको छ ।

उपचार गर्न आर्थिक अवस्थाका कमजोर भएको कारण सुस्मालाई सुविधा सम्पन्न अस्पतालमा पुर्‍याएर उपचार गर्न नसकिएको दिनेश बताउँछन् । उनकाे उपचारका लागि अभियान थालिएको छ।नोबेल अस्पताल बिराटनगरका डा. आशिषलाल श्रेष्ठको परामर्शमा उपचारका लागि आर्थिक संकलन अभियान थालिएको हो। अहिले सम्म १ लाख जम्मा भै सकेको छ।