खेलकुद

बार्सिलोना र रियल मड्रीड आमने सामने हुँदै । जित्ने टिम फाइनलमा।

स्पेनिस सुपर कप अन्तर्गत २०२०/२१ कोपा डेल रे फाइनलिस्ट बार्सिलोना र २०२०/२१ ला लिगा रनर अप रियल मड्रीड भिड्दै छन् । यस खेलमा जित्ने एक टोलि सुपर कपको फाइनलमा प्रवेश गर्ने छ। साउदी को रियादमा हुने खेल भोलि राती नेपाली समय अनुसार १२:४५ मा हुनेछ।

उक्त खेलको लागि दुबै टोलिले खेलाडिहरु घोषणा गरिसकेको छ। बार्सालाइ पिके, अल्बा, डिपे, आल्भेस आदिले लिड गर्दै छन् भने मड्रीडलाइ क्रुस, बेन्जेमा, हाजार्ड, भिनिसियस आदिले लिड गर्दै छन् । पछिल्लो पाँच खेल हेर्ने हो भने बार्साले रियललाइ एक खेलमा पनि जित्न सकेको छैन। चार खेलमा रियलले जितेको थियो भने एक खेल बराबरिमा सकिएको थियो।

You may also like