खेलकुद

त्रिभुवन आर्मीका खेलाडि जगजित श्रेष्ठकाे नेपाली टिममा पुनारागमन

प्रशिक्षक अल्मुताइरीले आर्मीबाट खेलिरहेका जगजित श्रेष्ठलाइ प्रारम्भिक टाेलिमा समेटेका छन।यससँगै अलमुताइरीले गत साता घोषणा गरेको प्रारम्भिक टोलीमा २ खेलाडि थप्दै अब ३५ खेलाडी रहने राखेका छन् ।

जगजित लगभग ४ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गर्ने दाउमा छन् । निकै नै मेहेनति मिडफिल्डरकाे रुपमा चिनिने श्रेष्ठलाइ अल्मुताइरिले मैत्रिपुर्ण खेलकाे लागि समेट्न कुनै ढिलाइ गरेनन्। ए डिभिजन लिगमा अार्मिबाट उनले यस सिजन राम्राे प्रदशन गरेका कारणले पनि उनकाे स्थान राष्ट्रिय टिममा पक्का भएकाे हाे।

जगजितले पछिल्लो पटक सन२०१५ मा भारतको केरलामा भएको साफ च्याम्पियनसिपमा खेलेका थिए । उनले खेलेको अन्तिम खेलमा नेपाल भारतसँग ४-१ ले पराजित हुँदै बाहिरिएको थियो । जगजितले सन् २०१६ को सुरुवातमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका थिए । उनी बंगबन्धु गोल्डकप जित्ने टोलीका पनि सदस्य थिए ।

You may also like