ताजा समाचार

मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले चढेको गाडी मंगलवार राती दुर्घटनामा परेको छ। धनगढीबाट महेन्द्रनगर जादै गर्दा विपरीत दिशाबाट आइरहेको गाडी सङ ठोकिँदा दुर्घटना हुन पुगेको हो। जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षकले घटनामा कुनै पनि मानवीय क्षति नभएको बताए।

दुर्घटना हुँदा मन्त्री आले महेन्द्रनगरमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालय सुदुरपश्चिम प्रदेशको गाडीमा सवार हुँदै थिए। दुर्घटना सामान्य भएकाले त्यस लगतै उनी अर्को गाडिमा चढेर कार्यक्रममा प्रस्थान भएका थिए।
मन्त्री आले उनको कार्यशैलीका कारण पछिल्लो समय लोकप्रिय छन् ।

You may also like