खेलकुद

जगजितको उत्कृष्ट लयसङ्गै आर्मिको जित फ्रेन्डसमाथी ।


कतार एयरवएज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज माघे
सन्क्रातीको दिन भएको खेलमा आर्मीले फ्रेन्डसमाथी ३-१ गोलको
जित दर्ता गरायो ।

पहिलो हाफ सकिदानै आर्मीले २-० गोलको स्पष्ट अग्रता बनाएको थियो तर दोस्रो  हाफमा  फ्रेन्डसले एक गोल फर्काएर अग्रता कम गरे पनि  भने अर्को एक गोल खादै हार बेहोर्न बाध्य बन्यो।

पहिलो हाफमा आर्मीलाई अग्रता दिलाउन जगजित श्रेष्ठ र दिनेश हेन्जनको गोल सन्जिवनी बन्यो ।
जगजितले निकै टाढाबाट प्रहार गरेको क्रस गोलमा परिवर्तन भयो।

यश जितसङ्गै तेस्रो स्थानमा उक्लिएको आर्मीले उपाधि होडलाई जिवितै राखेको छ।

जारी लिगको नवौं चरणको खेल सके पनि फ्रेन्डसले एक खेलमा पनि जित दर्ता गराउन सफल बनेको छैन।

You may also like