खेलकुद

सोचे भन्दा निकै सकारात्मक नतिजा आएपछि अब्दुल्ला निकै प्रसन्न !


नेपाली रास्ट्रिय फुटबल टोलिका प्रशिक्षक अब्दुल्ला अल्मुताइरिले
हिजोमात्रै सप्पन्न दुई अन्तर्राष्ट्रिय
मैत्रीपूर्ण खेल जुन मौरिसस विरुद्ध खेलेको थियोे उक्त दुवै खेलमा १-० को जित हरेक खेलमा निकाल्दा निकै प्रसन्न भएका छ्न ।

उनको भनाइ अनुसार टोलिले आफुले सोचेको भन्दा पनि निकै उच्च प्रदर्शन गरेको उनको जिकिर छ।

हिजो भएको दोस्रो मैत्रीपुर्ण खेलमा १-० को जित निकाल्दा
सुजल श्रेष्ठ नायक बने । उनको एक मात्र गोल खेलको निर्णायक बन्न पुग्यो।

खेल सकिए पश्चात् अल्मुताइरीले
दुवै खेलमा जित निकाल्नेमा उनी विस्वस्त नरहेको तर दुई मध्ये एकमा मात्रै जित आउनेमा उनी आसावादी रहेता पनि खेलाडीहरुको उच्च प्रदर्शनले सत प्रतिसत जित निकाल्न सकिएको उनको भनाइ छ।

नेपालको पहिलो खेलमा बिमल नायक बनेका थिए । उनी करिब दुई वर्ष पछि रास्ट्रिय टोलि बाट पुनरागमन गर्दा गोल समेत गर्न भ्याए। उनको अन्तरास्ट्रिय गोल संख्या ९ पुगेको छ।

You may also like