खेलकुद

उत्कृष्ट बलिङ गर्दै नेपालले ओमानलाई पराजित गर्यो।


आइसिसि विस्वकपको ग्लोबल छनौट अन्तर्गत आज घरेलुु टोलि ओमानलाई ३९ रनले पराजित गरेको छ।

यस प्रतियोगिताको समूह ए मा रहेको नेपालले पहिलो खेलमानै घरेलुु टोलि विरुद्ध जित निकाल्न सफल बनेको हो।

नेपालले प्रदान गरेको सामान्य लक्ष्य ११८ रन पछ्याउँदै जवाफी ब्याटिङ गरेको ओमानले विकेट जोगाउन नसक्दा हार बेहोर्न बाध्य बन्न पुग्यो।

ओमानका लागि नसिम खुसिले सर्वाधिक २४ रनको पारी खेल्ने बाहेक अन्य खेलाडीले लयको प्रदर्शन गर्न नसक्दा ओमान ७८ रनमा समेटिदै हारको सामना गर्न पुग्यो।

You may also like