खेलकुद

नेपालद्वारा फिलिपिन्स भारी रनले पराजित ।


आइसिसी टि२० विस्वकप ग्लोबल छनौट अन्तर्गतको समुह ए अन्तर्गत नेपालले आज दोस्रो खेलमा फिलिपिन्स विरुद्ध १३७ रनको विशाल जित निकाल्न सफल बनेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा २१९ रनको लक्ष्य दिएको
थियो भने उक्त रन पछ्याउँने क्रममा फिलिपिन्स जम्मा ८२ रनमा समेटिन पुग्यो ।

नेपाललाई विशाल योगफल योगदान गर्ने क्रममा युवा ब्याटस्मेन कुसल भुर्तेलले सतकिय पारी खेल्न पुगे उनले बिस्फोटक ब्याटिङ गर्दै ६१ बलमा १३ चौका र १ छक्काको मद्दतमा नटआउट १०४ रन बनाउन सफल बने।

यसैगरी नेपालको पारीमा दीपेन्द्र सिह एरिले ४७ रन बनाएका थिए।
यो जित सङ्गै नेपालले दुई खेलमा लगातार जित निकाल्दै सेमिफाइनलको समीकरण बलियो बनाएको छ।

You may also like