खेलकुद

सेमिफाइनल प्रवेश गर्न जित्ने उद्देश्य सहित क्यानाडासङ्ग भिडदै।


आइसिसी विस्वकप टि२० को ग्लोबल छनौट खेल ओमानको राजधानी मस्कटमा भैरहेको छ।
समूह ए मा रहेको नेपाल दुई जित सहित समुहको शीर्ष स्थानमा रहेको छ।

समुहको अन्तिम खेल आज नेपालले क्यानाडासङ्ग खेल्दैछ ।
पहिलो खेलमा आयोजक टोलि ओमानलाई ३८ रनले र फिलिपिन्सलाई १३७ को भारी अन्तरले पराजित गर्दै बलियो रनरेट कायम गर्न सफल बनेको हुदा आज जित्ने लक्ष्य सहित मैदानमा उत्रिने कप्तान लामिछानेले जनाएका छ्न।

दुवै समुहको उत्कृष्ट दुई टोलि सेमिफाइनल पुगनेछ भने फाइनल प्रवेश गर्ने दुई टोलि सोझै अस्ट्रेलियाको टिकट काटने छ।

You may also like