खेलकुद

विस्वकपमा छनौट हुन सेमिफाइनलमा युएइलाई जित्नै पर्ने।


ओमानमा जारी आइसिसी टि२० ग्लोबल छनौट अन्तर्गत समूह ए मा आज नेपालले क्यानाडालाई आठ विकेटले पराजित गर्दै सेमिफाइनलको यात्रा समुह विजेता बन्दै समापन गर्यो ।

नेपालको कसिलो बलिङ्ग अघि क्यानाडाको ब्याटस्मेनको कुनै सीप नचल्दा जम्मा ८० रनमा अलआउट हुन पुग्यो । नेपालको लागि सर्वाधिक ३ विकेट लिन सफल बनेका छ्न कप्तान सन्दिप लामिछाने यसैगरि अविनास बोहोराले २ विकेट लिए भने कमल सिह एरिले २ विकेट लिए भने कुसलले एक विकेट लिन सफल भए।

नेपालले अब भोलि सेमिफाइनल खेल खेल्ने छ भने नेपाल अर्को समूह बि अन्तर्गत समूह उपविजेता युएइको सामना गर्नेछ ।
उक्त खेलनै दुवै टोलिको लागि विस्वकपमा छ्नौट हुने ढोका रहेको छ। दुवै टोलि जित निकाल्दै फाइनलमा पुग्न र विस्वकपको यात्रा तय गर्न आतुर छ्न ।

फाइनलमा प्रवेश गर्ने टोलिले अस्ट्रेलियामा हुने टि२० विस्वकपमा स्थान सुरक्षित गर्ने छ।

You may also like