खेलकुद

विस्वकपमा पुग्न नेपालले जित्नै पर्ने दबाब , गर या मर को स्थिति ।


ओमानमा जारी आइसिसी टि२० ग्लोबल छनौट अन्तर्गत समूह ए मा आज नेपालले क्यानाडालाई आठ विकेटले पराजित गर्दै सेमिफाइनलको यात्रा समुह विजेता बन्दै समापन गर्यो ।

नेपालले अब आज सेमिफाइनल खेल खेल्ने छ भने नेपाल अर्को समूह बि अन्तर्गत समूह उपविजेता युएइको सामना गर्नेछ ।
उक्त खेलनै दुवै टोलिको लागि विस्वकपमा छ्नौट हुने ढोका रहेको छ। दुवै टोलि जित निकाल्दै फाइनलमा पुग्न र विस्वकपको यात्रा तय गर्न आतुर छ्न ।

नेपाल आज विजय भएमा दोस्रो पटक विस्वकप खेल्ने छ भने हार बेहोरेमा घर फर्कने छ। समूह ए को विजेता बनेको नेपाली टोलि अपराजित रहदै आएको छ भने बाकी अन्य सबै टोलिले हार चाखीसकेका छ्न ।

नेपाली टोलिको मनोबल निकै उच्च रहेको र आजको खेलमा स्पिनरको प्रयोग गर्ने र सक्दो मेहनतले खेल्ने भनेर कप्तान सन्दिप लामिछानेले बताएकाछ्न ।

You may also like