खेलकुद ताजा समाचार

नेपाल बलिङमा उत्रिदै , दुवै टोलिका लागि विस्वकपको भिडन्त ।


ओमानमा जारी आइसिसी टि२० ग्लोबल छनौट अन्तर्गत आज नेपालले चिरपरिचित प्रतिद्वन्दी युएई सङ्ग भिडन्त गर्दै।

नेपालले टस हारेर बलिङको निम्तो पाएको छ। सेमिफाइनल खेलमा आज जुन टोलि फाइनलमा प्रवेश गर्छ त्यो टोलि अस्ट्रेलियामा आठ महिना पछि हुने टि२० विस्वकपमा स्थान पक्का गर्नेछ।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने  समूह बि अन्तर्गत समूह उपविजेता बन्दै  युएइ सेमिफाइनलमा पुगेको हो।
उक्त खेलनै दुवै टोलिको लागि विस्वकपमा छ्नौट हुने ढोका रहेको छ। दुवै टोलि जित निकाल्दै फाइनलमा पुग्न र विस्वकपको यात्रा तय गर्न आतुर छ्न ।

You may also like