पढ्नुहोस्

नेपालको दोस्रो पटक टि२० विस्वकप खेल्ने सपना चकनाचुर ।

ओमानमा जारी आइसिसी टि२० ग्लोबल छनौट अन्तर्गत आज नेपालले चिरपरिचित प्रतिद्वन्दी युएई सङ्ग ६८ रनले पराजित हुँदै दोस्रो पटक विस्वकप खेल्ने सपना साकार पार्न सकेन । २० ओभरमा युएईले ७ विकेट गुमाएर १७५ रन जोडन सफल बनेको छ।
युएइका ब्याटस्मेन मोहम्मद असिमले ४८ बलमा ७० रन जोडदै खेलमा दबाबबा कायम गर्न सफल बनेको थिए । नेपालको तर्फबाट जितेन्द्र मुखिया तथा अभिनास बोहोराले समान ३ विकेट लिन सफल बनेका छ्न ।

सेमिफाइनल खेलमा आज नेपाललाई पराजित गरेको युएइ  टोलि फाइनलमा प्रवेश सहित  टोलि अस्ट्रेलियामा आठ महिना पछि हुने टि२० विस्वकपमा स्थान बनाउन सफल बनेको छ।

निकै फितलो ब्याटिङ गरेको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाउदै जम्मा १०७ रनमा  समेटिन पुग्दा नेपालको विस्वकप खेल्ने सपना साकार पार्न सकेन ।

You may also like