आइसिसी विस्वकप लिग -२ अन्तर्गतका खेलहरु युएईमा आयोजना हुन गैरहेको हुँदा उक्त प्रतियोगिताको तयारी स्वरुप नेपाल श्रीलंकामा अभ्यास खेल खेल्दै छ।
नेपालले लिग -२ अन्तर्गत युएई र पपुवा न्यु गिनि सङ्ग दुई दुई खेल खेल्ने भएको छ। पहिलो खेल पिएनजि विरुद्ध खेल्ने छ भने दोस्रो खेल मार्च १८ मा युएई विरुद्ध खेल्ने पक्का भएको छ ।नेपालले श्रीलंकामा अभ्यास खेल खेलिरहेको छ र श्रीलंका नेभी विरुद्ध दोश्रो जित निकालेको छ । नेपालले नेभीलाई ८१ रनले हराएको छ । नेपालले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको नेभी ५० ओभरमा सबै विकेट गुमाउँदै १ सय १५ रनमा समेटियो ।