पढ्नुहोस् राजनीति

निर्वाचनको संघारमा नेपाली काङ्ग्रेस सोलुखुम्बु नेलेमा बृहत आम सभा।


नेपालमा यतिबेला दोस्रोपटकको संघीय अन्तर्गतको चुनाव आगामी बैशाख ३० गते हुन  गैरहेको अवस्थामा विभिन्न दलहरु घरदैलो कार्यक्रम तथा भोट अपिलमा ब्यस्त रहदा नेपाली काङ्ग्रेसपनि यश सिलसिला बाट अछुतो  रहन सकेको छैन । यसैगरी घरदैलो कार्यक्रमको समयावधि समाप्त भएसङ्गै विभिन्न दलिय आमसभा गर्ने कार्यक्रम चलिरहेको छ।

यस्तै अवस्थामा नेपालको उच्च हिमाली भेग , पर्यटकिय जिल्ला सोलुखुम्बु अन्तर्गत थुलुङ्ग दुधकोसी गा पा वाड -१ नेलेमा नेपाली काङ्ग्रेसले बृहत कार्यक्रम  समापन गरेको छ । उक्त कार्यक्रम पुर्व पार्टी सभापति छत्रध्वज बस्नेतको प्रमुख  आथित्यतामा र यसैगरी नेले-१ का पार्टी सभापती चुडा बा बस्नेतको मुख्य सभापतिमा कार्यक्रम नेपाली काङ्ग्रेसमा आस्था राख्ने तमाम नेले बासीको हर्सोउल्लास सहितको उपस्तिथि रहेको थियो ।

यस कार्यक्रम मार्फत उमेदवार समेत रहेका नेपाली काङ्ग्रेसका जिल्ला पार्टी उपसभापति तथा वडा अध्यक्षको प्रत्यासी उम्मेदवार घनराज सुनुवारले नेलेको सर्वाङ्गीड विकासको निमित्त निष्ठा , पारदर्शी तथा समतामूलक पार्टी भनेको नेपाली काङ्ग्रेस रहेको र कुनै विमती नराखी रुखमा भोट दिनुहुन अपिल समेत गरेका छ्न

ने का प्रदेस -१ सदस्य जय प्रसाद राई , गिता गुरुङ , यसैगरी केन्द्रिय मादिवेसन प्रतिनिधि जीवन गुरुङ , नवीन थापा , प्रदेस क सोलुखुम्बुका उपसभापति फुर्तीमान तामाङ , प्रवक्ता अस्बिन बाबू थापा , ने का थु-दु गा पाका सभापति भक्त बा गुरुङ लगायत जिल्ला स्तरिय नेता एवम स्थानीय कार्यकर्ताको उल्लेखनीय सहभागिता सहितको बृहत आमसभा समापन भएको थियोे ।

You may also like