राजनीति

नेलेका सन्जिवनी रहेका वीर बा गुरुङ थुलुङ्ग दुधकोसि गा. पा मा विजय बन्न सक्ने प्रबल सम्भावना।


सोलुखुम्बु थुलुङ्ग दूध कोसि गा पा
वाड -१ नेलेमा जन्मिएका वीर बा गुरुङ हाल दोस्रो  संघीय निर्वाचन अन्तर्गत थुलुङ्ग गा पा का ने का का  प्रत्यासी उम्मेदवार रहेका छ्न ।

पिता मन बा गुरुङ र माता धन कुमारी गुरुङको कोख बाट जन्मनु भएका गुरुङ्गले आफ्नो राजनीतिक यात्रा ने बि संघ सोलुखुम्बु बाट प्रारम्भ गर्नु भएको थियो । उहाँले ने बि सोलुको दुई पटक सभापतित्व समाल्नु भएको थियोे । १२ औ माधिवेसन प्रतिनिधि समेत रहनुभएका गुरुङ्ग विभिन्न संघ , संस्था र समाजसेवामा अनवरत लागिरहनु भएको छ।

नेले बासीको ढुकढुकि र सन्जिवनी रहनुभएको वीर बा गुरुङले ३५ वर्ष  को लामो राजनीतिक यात्रा समाल्दै आउनुभएको र आजसम्म पनि अविवाहित रहि कुनै पेसामा आवद्ध नरही नितान्त समाजसेवा र परिवर्तनको अध्याय कोरिनैरहनु भएकाले उहाँको समाजप्रतीको चिन्तन , त्याग ,तपस्याको उच्च मुल्यांकन गर्दै पार्टीले उहाँलाई यश पटकको गा पा को अध्यक्ष जस्तो गरिमामय पदमा उम्मेद्बारीमा उभ्याएको छ ।

निरंकुशता मा विस्वास नराख्ने , जातीय एकता , प्रजातन्त्र , समाजवाद तथा लोकतन्त्रको मुल मन्त्र जप्ने गुरुङ सोलुखुम्बुका एक निष्ठावान युवा नेतामा पर्दछन ।

समाजका हरेक समस्या र जटिलतामा सरिक रहेर वर्सौ देखि कार्यरत गुरुङले नेलेलाई काङ्ग्रेसमय बनाउनमा उनको सालिन ब्यवहार तथा स्पष्ट कार्यसैले भएकाले जनताको जनमत अध्यधिक आउनेमा आम गा पा बासी विस्वस्त रहेका छ्न।

भ्रष्टाचाररहितको पालिका बनाउने प्रतिबद्धता सहित गुरुङले आम मतदातालाई अमुल्य मत सहितको अपिल गरेका छ्न । उनले हरेक जात , वर्ग , सम्प्रदाय , धर्म र भौगोलिक विविधतालाई एकीकृत गर्दै पारदर्शी , अनमियतारहित पालिका निर्माण गर्ने उनको आउदो पाँच वर्षको मुख्य उद्देश्य रहेको छ भने सुसासन र समृद्धिको सुदृढ आधार , थुलुङ दुध गा पा मा काङ्ग्रेसको सरकार भन्ने मुल नारा सहित भोट अपिलमा उत्रिनु भएको छ।

You may also like