खेलकुद

नेपाल र अफ्गानिस्तानबिच मैत्रिपूर्ण खेल नहुने

एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको तयारी गरिरहेको नेपालले अफगानिस्तानसँग खेल्ने भनेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नहुने भएको छ।

अफगानिस्तान छनोटको तयारीका लागि सिधैं भियतनाम जाने भएपछि मैत्रीपूर्ण खेल नहुने भएको हो। अफगानिस्तानले आधिकारीक फेसबुकमार्फत भियतनाम जाने जानकारी दिएको हो।

नेपाल र अफगानिस्तानबीचको खेल कतारमा आगामी जेठ ११ र जेठ १५ मा हुने तय थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले पनि मैत्रीपूर्ण खेल नहुने बताएको छ। नेपाली टिमको अहिलेसम्म कतार जाने दिनको पक्का समेत भएको छैन।

सिनियर खेलाडी र प्रशिक्षकबीच विवाद बढेपछि नेपालको प्रशिक्षणमा समेत असर गरेको थियो। जसका कारण मैत्रीपूर्ण खेलका लागि पनि तयारी हुन पाएन।

छनोटका लागि भने प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नियमित कप्तान किरणकुमार लिम्बु र १० सिनियर खेलाडीबिनाको टिम घोषणा गरेका थिए।

You may also like